काठमाडौं–नायिका आँचल शर्माले यो सालमा अरु सिनेमामा साइन गरेकी छैनन्। लामो समयदेखि निर्माणमा अन्यौल देखिएको चलचित्र ‘झिंगे दाउ’ को छायाँङ्कन शुरु भएको छ।
खोटाङको हलेसीबाट यो चलचित्रको छायांकन गरिएको प्रस्तुतकर्ता एवं निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिएका छन्। यो चलचित्रको पहिलो सेड्यूलको छायाँङ्कन खोटाङमा हुनेछ। दोश्रो सेड्यूलको छायाँङ्कन भने भकुेन्डेवेसीमा बनाइएको विभिन्न सेटमा हुने निर्माणपक्षले बताएको छ।
यो चलचित्रमा मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा केकी र मुकुन, आँचल र कुशलको जोडीलाई हेर्न सकिनेछ। निर्देशक देउजाले झिंगे दाउ सामाजिक कथामा बन्ने बता ।’ देउजाले यो आफ्नो महत्वकांक्षी प्रोजेक्ट भएको समेत उल्लेख गरेका छन्।