काठमाडौ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल टर्कीको स्तानबुल प्रस्थान गरेका छन्।
सत्तारूढ पार्टीको विदेश मामिला विभाग प्रमुख रहेका नेता नेपाल टेन्थ्स् बोस्फोरस समिटमा भागलिन आज दिउँसो इस्तानबुल प्रस्थान गरेका हुन्।
उनी टर्किस एअरको विमानबाट टर्की प्रस्थान गरेको नेकपाका विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले मेसेडोनियाको भ्रमण गरेर स्वदेश फर्कने कार्यक्रम रहेको रिजालको भनाइ छ।