एजेन्सी– वानप्लस एट प्रो सामसङ ग्यालेक्सी एस टेन र नोट टेनमा जस्तै ‘होल–पञ्च’ फ्रन्ट क्याराको साथमा आउने देखिएको छ। यसअघि बजारमा वानप्लसको आगामी उत्पादन वान प्लस एट प्रो ड्युल पप–अप क्यामराको साथमा आउने अनुमान गएिको थियो।
तर, बाहिरिएको वानप्लस एट प्रोको डिजाइनले भने बजारको अनुमनलाई गलत सावित गरिदिएको छ। ‘ट्रु–टेक’ ले सार्वजनिक गरेको वानप्लस ८ प्रोको उक्त डिजाइन वानप्लस कम्पनीकै कर्मचारीबाटै प्राप्त भएको जनाएको छ। जसमा वानप्लस प्रो डबल फ्रन्ट क्यामरा र वानप्लस एट सिंगल फ्रन्ट क्यामराको साथमा आउने छ।
PIC: TRUETECH
हाल बजारमा रहेको वानप्लस सेभेन प्रोको जस्तै क्यामरामा वाईड, अल्ट्रावाइड र टेलिफोटो लेन्सहरु रहेका छन्। उक्त स्मार्टफोनमा तीन वटा रियर क्यामरा हुने छ र क्यामरामा ‘टु–टोन फ्ल्यास’ प्रयोग गरिएको छ। पछाडिको क्यामरा भागमा ‘टाइम–अफ–फ्लाइट सेन्सर’ थप गरिएको छ। जसले फोटोलाई थप स्पष्ट बनाउन मद्दत गर्ने जनाइएको छ।