क्वालालाम्पुर – आतंकवादी समूह अल क्वायदा र डायस सम्बद्ध वैज्ञानिक यजिद सुफात बुधबार मलेसियन जेलबाट छुटे ।
अमेरिकामा पढेका यी बायोकेमिस्ट लादेनसँग नजिक रहेर जैवीक हतियारका लागि ‘एन्थ्रेक्स’ विकासको काममा सक्रिय थिए। ५५ वर्षीय यी ‘आतंकवादी वैज्ञानिक’ सिम्पाङ्ग रेंगमबाट बुधबार रिहा त भए तर लगत्तै उनी बन्दर बरु आम्पङ्ग सेलांगोरस्थित आफ्नै निवासमा नजरबन्दमा राखिएका छन्।
नजरबन्दमै उनको शरीमा ‘इलेक्ट्रोनिक निगरानी उपकरण’ जडान पनि गरिने बताइएको छ । मलेसियन प्रहरीका अनुसार उनलाई रातको ८ बजेदेखि बिहान ६ बजेको अवधिमा बाहिर निस्कन दिइने छैन। साथै इन्टरनेट प्रयोगमा पनि उनलाई रोक लगाइएको छ।
अन्तर्रा्ष्ट्रिय मिडियाका अनुसार लादेन मारिनुअघि उनी अफगानिस्तानको कन्दहर एयरपोर्ट नजिकै केही महिना भूमिगत ल्याबमै रहेर एन्थ्रेक्स उत्पादनको काममा सक्रिय थिए । यसअघि उनले तीनपटक गरी विभिन्न आतंकवादी गतिविधिमा संलग्न मुद्दामा १७ वर्ष जेल जीवन बिताइसकेका छन् । २००१ डिसेम्बरमा पहिलो पटक पक्राउ परेका यजिद ७ वर्षका लागि जेल पठाइएका थिए ।