एजेन्सी – स्पेनको राष्ट्रिय टोली तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार फरवार्ड डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन्। नाकको शल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको क्लबले विज्ञप्ति जारी गरेको छ।
शल्यक्रियाका कारण कोस्टाले यो अवधिमा दुई महत्वपुर्ण खेल गुमाउने भएका छन्। उनले च्याम्पियन्स लिगको युभेन्टस र ला लिगामा बार्सिलोनाविरुद्धको महत्त्वपूर्ण खेल गुमाउनेछन् । फेब्रुअरीसम्म फिट भए उनी शहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्धको खेलमा फर्कन सक्नेछन्। कोस्टा सन् २०१७ मा इंग्लिस क्लब चेल्सीबाट एट्लेटिको फर्किएका थिए।
कोस्टा टिममा नरहने भएपनि क्लबका अध्यक्ष इनरिके सेरेजोले विन्टर ट्रान्सफरमा खेलाडी अनुबन्ध नगर्ने बताएका छन्। ‘हामीसँग तीन फरवार्ड अझै छन्। कीर्तिमानी युवा खेलाडी जोओ फेलिक्स र अल्भेरो मोराटा हामीसँग छन्। हामीले नयाँ फरवार्ड राख्ने कुनै योजना बनाएका छैनौं।’ क्लबका अध्यक्ष इनरिकेले भने।
एट्लेटिको शनिबार ग्रानडासँग खेल्दैछ। एट्लेटिको ला लिगामा तेस्रो स्थानमा रहेको छ। एन्टोइन ग्रिज्मनको प्रस्थानपछि जोआओ फेलिक्सलाई कीर्तिमानी रकममा अनुबन्ध गरेको एटलेटिकोले अपेक्षित प्रदर्शन गर्न सकेको छैन।