उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।
बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको को ४ प ३८३६ नम्बरको मोटरसाइकल मदन भण्डारी स्मृति लोकमार्गको भिमाखण्डमा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुनसरी कालाबन्जर गाउँपालिका ३ का २३ वर्षीय दिपक विकको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार दिपकका दाजु २४ वर्षीय रमेश बिक घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए। उनलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ। घाइते दुबैजनाको प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार हुँदै गर्दा चालक दिपकको ज्यान गएको उनले बताए।