काठमाडौं–निर्माता प्रेमबहादुर सुनारको प्रस्तुतिमा तयार भएको चलचित्र ‘प्रेम संसार’ को ट्रेलर भर्खरै मात्र सार्वजनिक गरिएको छ। सोनी फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई राम गौतमले निर्देशन गरेका हुन्।
प्रेमबहादुर सुनारको कथा रहेको चलचित्रमा कविता नेपाल, प्रेम सोनी, आयुष्मा कार्की, मोनिका दाहाल, प्रेमबहादुर सुनार लगायतका कलाकारको अभिनय रहेको छ।चलचित्रमा बी.बी अनुरागी र अर्जुन पोखरेलको संगीत, दिपेन बस्नेतको छायांकन तथा सम्पादन छ।
यो चलचित्र मंसिरको २७ गतेबाट रिलिज हुँदैछ। चलचित्रको ट्रेलरमा पारिवारिक कथा, प्रेम, विछोड र द्धन्द्धलाई प्रस्तुत गरिएको छ।
https://www.youtube.com/watch?v=nYTsVIF9sN0