काठमाडाैं– संसारमै पहिलो एयर फिल्टर उत्पादन गर्ने डोनाल्डसनका फिल्टरहरु नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटरले बिक्री–वितरण सुरु गरेको छ। कम्पनीले हिजो बिहिबार उपत्यकामा एक कार्यक्रम आयोजनागरि डोनाल्डसन ब्रान्डका फिल्टरहरु नेपालमा बिक्री सुरु गरिएको हो।
डोनाल्डसनले विभिन्न प्रकारका फिल्टर उत्पादन गर्दै आएको छ। ती मध्ये डेल्टा डिष्ट्रिब्युटर्सले डोनाल्डसनका इन्जिन सिष्टम र टेक्नोलोजी सम्बन्धी ट्रयाक्टर, ट्रक, एस्काभेटर आदि हेभी इक्विपमेन्टका लागि आवश्यक फिल्टर नेपाली बजारमा उपलब्ध गराउने छ।
बिहिबार भएको उक्त कार्यक्रममा डोनाल्डसन इन्डिया फिल्टर सिस्टमका दक्षिण एसिया बिजनेस हेड कमल प्रकाश श्रीवास्तवले विभिन्न प्रकारका फिल्टर र यससँग सम्बन्धित विविध विषयमा जानकारी दिएका थिए।
डोनाल्डसनको स्थापना १०४ वर्षअघि सन् १९१५ मा भएको थियो। फ्रयांक डोनाल्डसनले आफुले काम गर्ने समयमा ट्रयाक्टरको इन्जिन सिज भएको देखेपछि त्यसको समाधानको लागि विश्वमै पहिलो पटक एयर फिल्टर बनाएका थिए। उनकै नाममा सो कम्पनी स्थापना भएको थियो । हाल विश्वका १७ देशमा डोनाल्डसनका ४० भन्दा बढी उत्पादन यूनिट रहेका छन् भने १५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।