एजेन्सी–बलिउड गायक तथा संगीतकार अनु मलिकले कार्यक्रम ‘इन्डियन आइडल’ छाडेका छन्। सोनी टिभीमा प्रसारण हुने यो कार्यक्रममा अब अनु मलिक नदेखिने च्यानलले पुष्टि गरेको छ। कारण उनलाई भारतको एउटा चर्चित कार्यक्रम मिटुमा आरोप लगाईएको थियो।
गत वर्ष मात्र गायिक सोना मोहापत्रा र केही महिलाले अनुमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए। यसपछि पोहोरको ‘इन्डियन आइडल’ बाट पनि उनी निकालिएका थिए। एक वर्षसम्म कुनै सार्वजनिक टिभी कार्यक्रममा नदेखिएका अनु यस वर्षको इन्डियन आइडलमा पुनः आएका थिए। कार्यक्रममा जज बनेर आएका अनुमाथि सोनासहित नेहा भासिन र स्वेता पण्डितले उनीविरूद्ध आवाज उठाएका थिए।
उनीहरूले सार्वजनिक रूपमै सामाजिक सञ्जालहरूमा ‘यौनदुर्व्यवहार आरोपीलाई कसरी च्यानलले जजका रूपमा कार्यक्रममा देखाउन सक्छ, अरू गायिकाले कसरी सहेर बसेका छन्’ लगायत प्रश्न उठाएका थिए।