सिरहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल ५ लाख घुससहित पक्राउ गरेको छ।
मण्डलले उच्च अदालत जनकपुरको राजविराज इजलाशको पुनरावेदनमा विचाराधीन रहेको जग्गासम्बन्धी मुद्दाको लागि आवश्यक पर्ने कागजात उपलब्ध गराउनका लागि भन्दै लिएको ५ लाख घुस लिएको बताइएको छ।
अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मण्डललाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो।