काठमाडौं– एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आजबाट नेपाली बजारमा आईफोन ११, आईफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको बिक्री सुरु गरेको छ।
जेननेक्स्टका अनुसार नेपाली बजारमा सबैभन्दा सस्तो भनिएको आइफोन ११ को ६४जीबी स्टोरेजको मूल्य १ लाख १० हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। आइफोन ११ को १२८ जीबीको मूल्य १ लाख १८ हजार ३०० रुपैयाँ र २५६ जीबी स्टोरेजको मूल्य १ लाख ३४ हजार तोकिएको जनाएको छ।
आइफोन ११ प्रोको ६४ जीबी स्टोरेजको मूल्य नेपाली बजारमा १ लाख ५७ हजार २५० रुपैयाँ छ भने २५६ जीबी स्टोरेजको मूल्य १ लाख ८० हजार ९०० रुपैयाँ तोकिएको छ । आइफोन ११ प्रो ५१२ जीबी स्टोरेजको मूल्य भने २ लाख ११ हजार ८०० रुपैयाँ तोकिएको छ।
यसैगरि आइफोन ११ प्रो म्याक्सको ६४ जीबी स्टोरेजको मूल्य १ लाख ७२ हजार ८०० रुपैयाँ तोकिएको छ भने २५६ जीबी स्टोरेज अप्सनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँ रहेको छ । आइफोन ११ प्रो म्याक्सको ५१२ जीबी स्टोरेजको मूल्य भने सबैभन्दा २ लाख २७ हजार ४०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
नयाँ आइफोन ११ सिरिजका कुनैपनि भर्सन किन्ने ग्राहकहरुलाई कम्पनीले निशुल्करुपमा एनसेलको प्रति साता १००० एमबी डाटा १२ हप्तासम्म उपलब्ध गराउने छ भने पहिलो २०० ग्राहकहरुलाई बेलकिनको १० वाट वायरलेस चार्जर सित्तैमा दिनेछ। यी तीनै फोनमा कम्पनीले किस्ता बन्दीको सुविधा पनि दिने बताइएको छ।