एजेन्सी– भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल गहना वशिष्ठलाई हृदयाघात भएको छ। गहनाले खाना नखाइ लामो समयसम्म काम गर्दा उनलाई हृदयाघात भएको हो।
३१ वर्षीया यी अभिनेत्री मुम्बईको एक अस्पतालमा उपचाररत छिन्। अस्पतालले बिहीवार गहनालाई भर्ना गरिएको जनाएका छन्।
उनको स्वास्थ्य अवस्था नाजुक रहेको बताइएको छ। हाल उनलाई भेन्टिलेटरमा राखिएको छ। उनलाई निम्न रक्तचाप पनि रहेको अस्पतालको भनाई छ।
मोडल गहना बिहीवार एक वेब सिरिजको शूटिङ गरिरहेको क्रममा अचानक बेहोस भएपछि उनाई अस्पताल पुर्याइएको थियो।