काठमाडौं– बिहिबारबाट ‘जे होला होला’ हाँस्यश्रृंखलाको प्रसारण शुरु भएको छ। उक्त हाँस्यश्रृंखला हरेक बिहिबार बेलुका ८ः३० बजे रमाईलो टिभीबाटबाट प्रसारण हुनेछ।
बिहिबार एक कार्यक्रमकाबीच श्रृंखलाको घोषणा गर्दै निर्माण टिमले शुभारम्भको केक काटेको छ। सो श्रृंखलाका लेखक तथा निर्देशन सल्लाहकार उत्तम केसी रहेका छन्। ‘जे होला होला’ लाई अनुभवी हाँस्यकलाकार उत्तम के.सीको लेखन, दमन रुपाखेतीको निर्देशन गरेको हुन्।
बिहिबार प्रसारण भएको पहिलो भाग राजनीतिक व्यङ्यमा भारतले गरेको सीमा अतिक्रमणका विषयलाई चोटिलो रुपमा प्रस्तुत गरिएको थियो। तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुति रहेको यो हाँस्य टेलिश्रृङ्खलाको कार्यकारी निर्मातामा उज्मा केसी र श्रीतिजा केसी रहेका छन्।
उक्त टेलिश्रृङ्खलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम वस्नेत, मुकुन्द मैनाली, सुशीला निरौला, उत्सव केसी, गीता नेपाल, विमला गौतम, सुमितकुमार घिमिरे, सविता गजमेर, पूरुषोत्तम खडका, मनिता डंगोल, सागर खडका, सरस्वती पाण्डे, कृष्णभीरलगायतका कलाकारको अभिनय रहेको छ।