काठमाडौं– छाडा अन्र्तवार्ता लिएर भाईरल भएकी यूटूबर सोनिका रोका र दुर्गेश थापा ‘विदेशको पिआर छ’ नामक पञ्जेबाजाको गीतमा एकसाथ देखिएका छन्। अहिलेका लोकप्रिय सर्जक बसन्त थापाको लय र प्रल्हाद सुवेदीको शब्द रहेको गीतमा बसन्त थापा र अनिता चलाउनेको आवाज रहेको छ। गीतलाई आशिष अविरलले संगीत संयोजन गरेका छन्।
बब्बु थापाको निर्देशन र मौसम हिमालीको कोरियाग्राफ रहेको गीतमा सोनिका दुर्गेशसँग उत्कृष्ट डान्सर पनि हँु भन्ने तरिकाले नाँच्ने प्रयास गरेकी छिन्। सोनिकाको मामाको रुपमा चर्चित हाँस्य कलाकार राजाराम पौडेल रहेका छन्। गीतमा विदेशको पिआर भए अरु केही चाँहिदैन सबै कुरा त्यसैले सिँगार्छ। जुन गीत अहिलेको सान्र्दभिक नै मानिन्छ, किनकि कतिपय नेपाली त्यही विदेशको पिआरको लागि बर्षौ सम्म बाहिरी देशमा कुरेर पसिना बगाई रहेका छन्।
दुर्गेश र सोनिका दुबै पछिल्लो समय विवादमा पनि धेरै आएका छन्। उनीहरुको यो जोडीलाई एकसाथ पर्दामा दर्शकले कति रुचाउँछन् त्यसको पुरा नतिजा आउँन बाँकी छ। सञ्चारकर्मी अनिता चलाउनेको यूटूब च्यानलबाट बजारमा आएको छ।
https://www.youtube.com/watch?v=tP7tWFk2Jc4