एजेन्सी– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिलविरुद्ध जित निकालेको छ। शुक्रबार राति भएको खेलमा माउरो इकार्डी र एन्जड डि मारियोको गोलमा पीएसजीले लिललाई २–० गोलले हराएको हो।
पीएसजीले घरेलु मैदानमा खेलको १७ औं मिनेटमा शुरुवाती अग्रता बनाएको थियो। माउरो इकार्डीले जुलियन ड्राक्सलरको पासमा खेलको पहिलो गोल गरेका थिए। त्यस्तै खेलको ३१ औं मिनेटमा एन्जल डि मारियाको गोलमा पीएसजीले अग्रता दोब्बर बनायो। डि मारियाले ड्राक्सलरको पासको सदुपयोग गरेको थिए।
पहिलो हाफमा २–० गोलले अघि बढेको पीएसजीले दोस्रो हाफमा पनि गोल गर्ने प्रयास गरेको थियो तर सफल भएन। खेलमा दबदबा बनाएपनि पीएसजीले अन्य गोल गर्न सेकन भने उता लिल पनि खेलमा फर्कन सकेन। त्यससँगै पीएसजीले खेल २–० ले जित्यो।
यस जितसँगै पीएसजीले १४ खेलबाट ३३ अंक जोडेर शीर्षस्थानको दुरी बढाएको छ। पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई ११ अंकले पछि पारेको छ। लिल १९ अंकसहित सातौ स्थानमा छ।