काठमाण्डौ–प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निजगढ काठमाडौं अनुगमन गरेका छन्। पूनःनिर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी– इपा सडक र निजगढ–काठमाडौं द्रुतमार्गको अनुगमन गरेका हुन्।
अवलोकनका लागि शुक्रबार उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपा पञ्चकन्यालगायतका क्षेत्रमा पुगेका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङमार्गको अध्ययन गरिएको स्थानको निरीक्षण गरेका थिए।
भीमफेदी–इपा सडकको अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले सडक फराकिलो र दीर्घकालीन हिसाबले बन्न लागेको बताए। २६ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक तोकिएकै मितिमा सम्पन्न गर्न मुख्यमन्त्रीले निर्देशन दिए।रासस