काठमाडौं– मंसिर १५ गतेबाट नेपालमा सञ्चालन हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गतको पुरुष टी–२० क्रिकेटको खेल तालिका सार्वजनिनक भएको छ।
सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल श्रीलंका यु–२३ सँग मंसिर १७ मा खेल्ने छ भने मंसिर १९ मा दोस्रो खेल भुटानसँग खेल्नेछ। मंसिर २० मा नेपालले माल्दिभ्ससँग खेल्नेछ। मंसिर २१ मा नेपालले बंगलादेश यु–२३सँग खेल्नेछ। मंसिर २३ मा कास्य पदको लागि लिग चरणका तेस्रो र चौथो स्थानका टोलस् भिड्ने छन्।
त्यस्तै मंसिर २४ मा स्वर्ण पदका लागि लिग चरणका शीर्ष दुई टोलीबीच खेल हुनेछ। सबै खेल टीयू क्रिकेट मैदानमा हुने छन्। फाइनल, पहिलो खेल, र कास्य पदको लागि खेल विहान ११ बजेबाट सुरु हुने छ। लिग चरणका खेल विहान ९ र दिउँसो १ बजेपछि सुरु हुनेछ। साग पुरुष क्रिकेटमा भारत र पाकिस्तान नआउने भएपछि लिग हुने भएको हो। पुरुष क्रिकेटमा दुई टेष्ट राष्ट्रसहित ५ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
खेल तालिकाः
