काठमाडौ–भारतले जारी गरेको राजनीतिक नयाँ नक्सामा नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग काली नदि आफ्नो देशको नक्सामा सार्वजनिक गरेको छ। नेपालको धेरै ठाँउमा भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै चर्का विरोध सुरु भएको छ।
कालीनदीको नाम नै मेटेर भारतले त्यो भूभागमा नेपालको कुनै क्षेत्रको नाम नराखी सार्वजनिक गरेको छ। जसअनुसार नदीवारि पर्ने नावी, गुञ्जी र गब्रयाङ गाउँ नेपालमा पर्छ। भारतद्वारा सार्वजनिक नक्साप्रति नेपालका नागरिक अगुवाहरूले विरोधप्रर्दशन गरेका छन्।
सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार काली नदी नेपाल र भारतको सिमाना छ। सुगौली सन्धिपश्चात् भारतस्थित ब्रिटिस अफिसर जे आदमले नेपालस्थित ब्रिटिस रेजिडेन्ट एवं तत्कालीन अधिकारी एडवार्ड गार्डनरलाई सन् १८१७ फेबु्रअरी ४ मा एक पत्र लेखे जसमा तत्कालीन कुमाउ प्रान्त ब्रिटिस इन्डिया मातहतको नभई नेपालको भएको पत्रमा उल्लेख छ। त्यस पत्रमा सुगौली सन्धिअनुसार काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्नाअन्तर्गतको त्यो ठाउँ नेपाल सरकारका अधिकारीहरूलाई सुपुर्द गरिदिनू भन्ने उल्लेख छ।
सन् १८१७ मार्च २२ मा उही जे आदमले ब्रिटिस इन्डियाका तर्फबाट तत्कालीन कुमाउका कार्यवाहक कमिस्नर जी डब्लू ट्रललाई लेखेको पत्रमा पनि त्यही तथ्य रहेको विज्ञहरू बताउँछन्। पत्रमा काली नदीको पूर्वमा अवस्थित प्रगन्ना व्यासका गाउँ र त्यहाँका भोटिया जमिनदारहरूलाई नेपाल मातहत रहेर काम गर्न भनिएको उल्लेख छ।
भारतले २ नोभेम्बरमा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापनी (लिम्पयाधुरा र लिपुलेकसमेत) क्षेत्रसमेत आफ्नोतिर पार्ने कदमले नेपाली भूमि प्रति भारतको गिधे अतिक्रमण कहिले सम्म भोक्नु पर्न हो,कथा एकपल्ट पुनः सहतमा आएका छन्।