काठमाडौं– रेडियो कान्तिपुरले ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’ आयोजना गर्ने भएको छ। अवार्ड मंसिर २७ गते आयाेजना हुने आयोजकले बताएको छ।
शुक्रबार राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अयोजक रेडियो कान्तिपुरले अवार्डको बारेमा जानकारी दिएको हो। उत्कृष्ट नवगायक र गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक,उत्कृष्ट लोकदोहरी गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक र गायिका विधा अवार्डमा समावेश गरिने छ।
रेडियो कान्तिपुरले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा उक्त अवार्डको आयोजना गर्न लागेको रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसीले बताएका छन्। सङ्गीतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएका एकजना मुर्धन्य सङ्गीत साधकलाई अवार्डमा लाईफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ। लाईफ टाइम एचिभमेन्ट अवार्डको पुरस्कारको राशी एकलाख रुपैयाँ रहेको छ।
त्यस्तै अवार्ड कार्यक्रममा सङ्गीतका १५ विधा र लाइफ टाइम एचिभमेन्टसँगै उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिने डिसीले जानकारी दिएका छन्।