एजेन्सी– अमेरिकी राष्ट्रपति ट्रम्पले हङकङ ध्वस्त हुनबाट बचाएको बताएका छन्। उनले चीनका राष्ट्रपति सि जिङ पिङलाई हङकङ आन्दोल दबाउन सैनिक पठाउने निर्णयलाई रोकेको बताएका छन्।
ट्रम्पले आफू नभएको भए १४ मिनेटमै हङकङ ध्वस्त हुने भन्दै राष्ट्रपति सीलाई आन्दोलनकारीमाथि दमन गर्न सैनिक पठाउन नदिएको दाबी गरेका छन्।
यद्यपि, अमेरिकी संसदमा हङकङमा जारी लोकतन्त्र समर्थकको पक्षमा बिल पेश गरिएको थियो। उक्त बिलमा कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले लोकतन्त्रीवादीहरुको पक्षमा वकालत गर्ने र मित्र सीको पक्षमा पनि कुराकानी गर्ने बताएका थिए।
ट्रम्पले भने,‘सी जिङपिङले हङकङभन्दा बाहिर लाखौँ सैनिक तैनाथ गरेर राखेका छन्। तर उनीहरु भित्र छिर्दैनन् किनकी मैले त्यस्तो गर्नबाट रोकेको छु। त्यस्तो गर्नु ठूलो भूल हुनेछ। यसबाट व्यापार सम्झौतामा निकै ठूलो असर पुग्नेछ।’
अमेरिकी संसदमा हङकङलाई लिएर बिल पास
अमेरिकी संसदमा हङकङ मानवअधिकार र लोकतन्त्र नियम पारित गरिएको छ। यसमा ट्रम्पले हस्ताक्षर गर्न बाँकी रहेको स्रोतले बताएको छ। पछिल्लो ६ महिनादेखि हङकङमा लोकतन्त्र समर्थकहरुले सरकारको विरोध गर्दै आन्दोलन गरिरहेका छन्।