काठमाण्डौ–दारी ग्याङले क्यान्सर रोग सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको छ। प्रत्येक वर्ष नोभेम्बर महिनामा नो सेभ नोभेम्बर मनाउँदै आएको दारी ग्याङले क्यान्सर बिरुद्ध नेपाली युवासँगको सहकार्यमा देश भर क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम गरिरहेको हो।
क्यान्सर पहिचान शिघ्र समाधान भन्ने मूल नाराका साथ झापा, मोरङ, काभ्रे, बुटवल, चितवन, कावासोतीलगायत स्थानहरुमा सचेतना शिविर आयोजना गरिसकेको क्यान्सर बिरुद्ध नेपाली युवाका संयोजक केशव खनालले बताए।
प्रत्येक वर्षको नोभेम्बर महिनामा क्यान्सर विरुद्ध अभियान सञ्चालन गर्ने दारी ग्याङका प्रदिप गैरे बताए।