वासिङटन – संसारका सबैभन्दा धनी अमेजनमा मालिक जेफ बेजोसले यस वर्ष ९८ दशमलब ५ लाख अमेरिकी डलर दान गर्ने भएका छन्।
उनले सहयोग गर्ने यो रकम १ अर्ब १२ करोड ९५ लाख नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ। आश्रयस्थलमा बस्दैआएका घरबार विहीन परिवारहरुलाई सहयोग गर्ने ३२ संस्थालाई उनले २०१९ मा उक्त रकम चन्दा दिने घोषणा गरेका हुन्।
बेजोसले आफ्नै नाममा २०१८ मा सुरु गरेको ‘फाउन्डेशन’को तर्फबाट यस्तो सहयोग गर्दैआएका छन्। घरवार विहीन परिवारलाई सहयोग र बालबालिकाका लागि मन्टेसोरी स्थापना गर्नु उनको फाउन्डेशनको उद्देश्य छ।
उनले यस वर्षको चन्दा २३ देशका ३२ संस्थालाई दिने भएका हुन्। गत वर्ष बेजोसले २४ संस्थालाई सहयोग गरेका थिए। बेजोस पछिल्लो वर्ष विल गेट्सलाई उछिन्दै संसारकै धनी व्यवसायीको रुपमा चिनिएका छन्।