पोखरा–मङ्सिर ६ गतेदेखि पोखरामा भईरहेको ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ ७ औं महाधिवेशन आज दोस्रो दिन केही नतिजाहरु भर्खर मात्र सार्वजानिक भईसकेको छ। ताकि केही उम्मेद्धारहरु निरबिरोध विजय भएका छन्।
जसमा लोकप्रिय निर्देशक शंकर वि.सी. र लोकप्रिय सर्जक शिव हमाल उप–महाचिब पदमा निरबिरोध विजय भएका छन्। त्यसैगरी चर्चित गायक तथा मोडेल रामजी खाँड पनि द्धितिय उपाध्यमा निरबिरोध नै विजय भएका छन्। विशेषगरी अध्यक्ष पदका लागि विष्णु खत्री र रमेश वि.जी. विचमा कडा प्रतिस्प्रधा हुने सम्भावना देखिएको छ।
उक्त पदका लागि के हुने भन्ने सबैको जिज्ञासा रहेको छ। नायिका अन्जली अधिकारी,गायिका पुर्णकला वि.सी.र राधिका हमाल पनि निरबिरोध विजय हुने आशा गरिएको भएतापनि अहिलेसम्म हुन सकेको छैन। केही पदमा उम्मेद्धारहरुलाई लडाउँने काम गरियो भनेर केही अग्रज कलाकारहरुले गुनासो पनि गर्दै आएका छन्। भोली ८ गते सबै नतिजा सार्वजानिक हँुदैछ।