काठमाडौं– ‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ। तीन सन्तानको सानैमा निधन भयो।
अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन्। छोरा पाउने आसमा ११ चोटी सुत्केरी हुँदा पनि छोरा नजन्मिँदा शुभकालिका गाउँपािलका –३ की जमरा रोकाया समाजबाट अपहेलित हुनुपर्यो।
अहिले जमराको १ छोरा जन्मियो, अनि समाजले सफल महिला ठान्यो। जमराका आठ छोरी छन्। छोरीहरुको विवाह भएर पनि जमराले नाति, पनातिदेखि सकिन्।
अंश खाने छोरा नै चाहिन्छ भन्ने समाजले गर्दा धेरै दुख पाएको उनले सुनाइन्। यो समाचार आजको राजधानी दैनिकमा विश्वनाथ सिम्खडाले लेखेका छन्।