कठमाडौं–अहिले उठिरहेको देशको सिमा मिचिएको विषयमा सन्देशमूलक देशभक्ति गीत ‘कालापानी हाम्रै हो’ सार्वजानिक भएको छ। उक्त गीतमा गायकहरू राजेन्द्रकुमार कार्की रामकुमार पौडेल कमला खड्का पुजा विश्वकर्माले स्वर दिएका छन्।
राजेन्द्र कुमार कार्कीको शब्द र रामकुमार पौडेलको लय रहेको गीतको छायाँकन भने सरोज घिमिरेले गरेका हुन्। यस्तै, एरेन्जर राकेश सोनी र मिक्सिङमा विक्रम मगरले साथ दिएका छन्। मञ्जरी रेकर्डिङ स्टुडियो रेकर्डिङ गरिएको उक्त गीतमा सौरभ कार्की र विनोद कार्कीले अभिनय गरेका छन्। रामचन्द्र बोहराको निर्देशनमा बनेको गीतलाई विनोद बमले सम्पादन गरेका हुन्।
गीतको रचनामा भारतले नेपालको मिचिएको सीमाबारे, देशप्रतिको माया, पूर्खाप्रति सम्मान समेटिएको छ।यस गीतमार्फत् गायकले मिचिएको सीमालाई रक्षा गर्न एकजुट भएर लागि पर्न सबैलाई आह्वान गरेका छन्। हालै भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको केही भूभाग समेटेको भन्दै नेपालमा विरोध प्रदर्शन भइरहेको छ।
https://www.youtube.com/watch?v=VIsqpOuBD3c