एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानमा रहेको बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ। शनिबार साँझ भएको खेलमा बार्सिलोनाले लेगानेसविरुद्ध २–० को पुनरागमन जित निकालेको हो।
पाहुना टोली बार्सिलोनालालाई जिताउन लुइस सुआरेज र आर्टुरो भिडालले गोल गरेको थिए। लेगानेसको तर्फबाट युसुफ इन नेस्यरीले गरेको गोल गरेका थिए। घरेलु टोली लेगानेसले खेलको १२ औं मिनेटमा अग्रता बनाएको थियो। उसका लागि युसुफ इन नेस्यरीले गोल गरेका थिए।
त्यसपछि बार्सिलोना दबाबमा परेको थियो। पहिलो हाफमा १ गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्न सफल भयो।खेलमा फर्कन संघर्ष गरिरहेको बार्सिलोनाको लागि ५३ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
त्यस्तै खेलको ७९ औं मिनेटमा आर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई पुनरागम जित दिलाए। जितसँगै बार्सिलोनाले १३ खेलबाट २८ अंक जोड्दै शीर्षस्थानमा रहेको छ। लेगानेस ६ अंकसहित २०औं स्थानमा छ।