एजेन्सी–बलिउड अभिनेता जोन अब्राहम, अनिल कपुर, अरशद वारसी तथा पुलकित सम्राट स्टारर ‘पागलपंती’ ले वक्स अफिसमा दयनिय सुरुवात गरेको छ।रिलिजको दिन सिनेमाले केवल १५ प्रतिशतको अकुपेन्सी कायम गरेपछि सिनेमाको व्यापार दयनिय भएको हो।
पहिलो दिन सिनेमाले केवल २ करोड भारू कमाइ गरेको अनुमान गरिएको छ। सिनेमाका निर्देशक र स्टारकास्ट हेर्दा यो विर्सन लायक व्यापार हो। सिनेमाको दर्शकहरु तथा केही समीक्षकहरु दुबैले चर्को आलोचना गरिरहेका छन्। सिनेमाबाट कथा हराएको धेरैको प्रतिक्रिया छ।
सिनेमालाई ‘वेलकम’, ‘रेडी’ जस्ता सिनेमा निर्देशन गरिसकेका अनिल बज्मीले निर्देशन गरेका हुन्। उनको सिनेमाले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिए पनि सिनेमा त्यसमा असफल भएको समीक्षकहरूको आरोप छ। जसले गर्दा यो सिनेमाका कलाकारहरुलाई नराम्ररी धक्का लाग्ने देखिएको छ। धेरैले यसलाई बेकारको सिनेमा भनेका छन्।
https://www.youtube.com/watch?v=yKIK45eELpc