काठमाडौ– प्रहरीले काठमाडौंको न्यूरोडबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ।
शनिबार राति न्युरोडको रंजना गल्लिको एउट घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले उनीहरुको साथबाट ६ लाख ५० हजार रुपैंया नगद बरामद गरेको जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँका ,रमेश थापा, प्रदीप श्रेष्ठ ,रबिन तामाङ्ग ,सरुन तामाङ्ग,सुशीला श्रेष्ठ रहेका छन् त्यस्तै,काभ्रेका चन्द्र लामा र ओखलढुङ्गाका कुमार केसी पनि पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।
लामो समयदेखि न्युरोडको रंजना गल्लिको एउट घरमा चन्द्र लामाले जुवाको अड्डा सञ्चालन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।