काठमाडौं– केही महिनादेखि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि नियोजित रुपमा प्रहारहरु भइरहेका छन्। उनलाई इतिहासकै असफल प्रहरी प्रमुखको दर्जा भिराउने प्रयन्त भइरहेको छ। अपराधबिरुद्ध कठोर कदम चाल्दै सरकारले दिएको जिम्मेवारीलाई दृढताका साथ पूरा गर्ने अभियानमा लागेपछि खनालमाथि यो प्रहार भइरहेको हो।
सर्वेन्द्र खनालले प्रहरीको कमाण्ड सम्हालेको झण्डै १९ महिना भयो। उनले प्रहरी संयन्त्रकोे नेतृत्व सम्हालेदेखि अहिलेसम्म प्राप्त गरेका ठूला सफलताहरुमध्यका पनि अझ बिशेष खालका सफलताहरु यस्ता छन्ः
१. सर्वेन्द्र खनालले प्रहरी महानिरिक्षकको पदभार ग्रहण गरेपश्चात् विश्वका विभिन्न देशका उच्च पदस्थहरुले नेपालको भ्रमण गरिसकेको छन्। विश्वका शक्ति राष्ट्रका प्रमुखहरुको भ्रमणको बेला नेपालका कुनैवनि सुरक्षा खतरा भएन। ठुला–ठूला सम्मेलन तथा महत्वपूर्ण भ्रमणका समयमा नेपाल प्रहरीले अतिथिको सुरक्षाप्रति दिएको योगदानले विश्वसामु नेपाललाई सुरक्षित र शान्त राष्ट्रको रुपमा चिनाउन सफल भयो।
२. सर्वेन्द्र कमाण्डमा नेपाल प्रहरीले अपराध अनुसन्धान चुस्त र प्रभावकारी बनेको छ। १९ महिनाको अवधिमा घटेका एक दुई घटनाहरुबाहेको सबै घटनाको अनुसन्धानमा नेपाल प्रहरीले अहिलेसम्ममै ठूलो सफलता हात पारेको छ। यो अवधिमा ५३ हजार ५ सय ५८ प्रतिवादी पक्राउ गरेर प्रहरीले ५५ हजार ३ सय ५४ मुद्दा दर्ता गरेको छ भने १ सय ४५ किलो सुन बरामद गर्नुका साथै तस्करीमा संलग्न १ सय १६ जनालाई पक्राउ गरेको छ।
त्यसैगरी राजस्व चुहावट नियन्त्रणका क्रममा प्रहरी ५ सय ७७ जनालाई पक्राउ गरेको छ। प्रहरीको प्रभावकारी कामका कारण झण्डै २ अर्ब ९२ करोड राज्यको ढुकुटी जोगिएको छ।
३. सर्वेन्द्रको कमाण्डमा प्रहरीले लागुऔषध र अवैध हतियार नियन्त्रणमा ठूलो पलब्धि हासिल गरेको छ। डेढ बर्षको अवधिमा यस्ता अवैधाननिक कार्यमा संलग्न लग्न ६ हजार ९ सय ७१ जनालाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा लगुऔषध तथा हात हतियार बरामद गरेको छ।
४. १९ महिनाको अवधिबाट देशभित्र मात्र नभएर अपराध गरी विदेशमा लुकेका कैयौं अपराधिहरु पक्राउ परेका छन्। यस अवधिमा ८ जनालाई विदेशबाटै पक्राउ गरेर नेपाल ल्याइएको छ।
५. प्रहरी सरकारको गुलामि गर्छ भन्नेहरुको लागि सर्वेन्द्र खनालले आफ्नो कार्यशैलीमार्फत गतिलो झापड हानेका छन्। उनको नेतृत्वमा भीआईपी, भीभीआईपीहरुलाई प्रहरीले विभिन्न अपराध अभियोगमा खोरमा हाल्न सफल भएको छ। पूर्व सभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री आफताब आलमसम्मलाई पक्राउ परेका छन्। त्यस्तै प्रमोद शाहदेखि गृहमन्त्रीका भाईसम्मलाई हतकडी लगाउने साहस आइजीपी सर्वेन्द्रले नै गरे। यससँगै उनले प्रहरी व्यक्ति हैन कानुनका आधार सञ्चालन हुन्छ भन्ने सन्देश दिएका छन्।
६. नेपाल प्रहरीमा अहिले स्वच्छ प्रतिस्पर्धाको वातारण बनेको छ। राम्रो काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाइई दण्डित गर्ने प्रचलन सर्वेन्द्रकै पालामा शुरु भएको छ। सरुवा तथा बढुवा भनसुन र घुसखोरीका आधारमा हैन काम र आवश्यकताका आधारमा हुन्छ भन्ने चलन उनै सर्वेन्द्रले चलाए। उनको पालामा जनपद र प्राविधिकतर्फगरी १३ हजार ४ सय २६ नयाँ प्रहरीको भर्ना समेत गरिएको छ।
यो अवधिमा १० हजार ८ सय ९९ जना विभिन्न पदका प्रहरीलाई बढुवा गरिएको छ भने ३३ हजार २ सय ८० जनालाई सरुवा र पदस्थापन गरिएको छ। त्यस्तै गलत काम गर्नेहरुलाई कारवाही पनि गरियो। विभिन्न दर्जाका २ हजार ५ सय ७२ जना कारवाहीमा परे भने ६ हजार ८ सय ३५ जना पुरस्कृत भए।
७. सर्वेन्द्रले नेपाल प्रहरीको बागडोर सम्हालेदेखि चसनौतिपूूर्ण मानिएको डाटा सेन्टरको स्थापना भएको छ। सातै प्रदेशमा पोलिग्राफ कक्षको निर्माणमात्र सम्पन्न भएको छ। नेपाल प्रहरीलाई आधुनिक र विद्युतीकरण गर्ने दिशामा यो अवधिमा निकै महत्वपूर्ण कामहरु भएका छन्। अझ महत्वपूर्ण कुरा त राष्ट्रसंघको लागुऔषध तथा अपराध अफिसले गरेका अपराध बर्गिकरण बमोजिम अपराध र अपराधी सुचना प्रणालीमा अपडेट गरिएको छ।
८. सर्वेन्द्रले कमाण्ड सम्हालेसँगै नेपाल प्रहरी बेरुजु फर्छयौटमा सर्वोत्कृष्ट भएको छ। आर्थिक बर्ष २०७३र७४ मा महालेखा परीक्षकको कार्यालयबाट नेपाल प्रहरीका विभिन्न कार्यालयका नाममा साढे ६८ करोड बेरुजु थियो। त्यसमध्ये ५८ करोड बेरुजु फर्छयौट गर्न नेपाल प्रहरी सफल भएको छ। उक्त कार्यमा प्रत्यक्ष खटिने कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार समेत प्रदान गरियो।
त्यस्तै आर्थिक बर्ष २०७४–०७५ सम्म कायम झण्डै ६१ करोड बेरुजुमध्ये २०७५ को चैत १५ सम्म झण्डै ४१ करोड बेरुजु फर्छयौट गर्न नेपाल प्रहरी सफल भयो। जसबाट नेपाल प्रहरीको आर्थिक अनुशासन समेत पुष्टी भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन अनुसार सेवा प्रवाहमा सबैभन्दा न्यून भ्रष्टाचार हुने सरकारी निकाय नेपाल प्रहरी हो। सेवा प्रवाहमा अधिकतम भ्रष्टाचार हुने निकायमा ३०.५ प्रतिशत सेवाग्राहीले भ्रष्टाचार हुने गरेको उल्लेख गरेकोमा अख्तियारको प्रतिवेदनले नेपाल प्रहरीको सेवा प्रवाहमा भने ०.१ प्रतिशत सेवाग्राहीले मात्र भ्रष्टाचार हुने गरेको औंल्याएको छ।
९. समुदाय प्रहरी साझेदारी अवधारणाको शुरुवात सर्वेन्द्र खनालकै पालामा सम्भव भएको छ। गतबर्षको कार्तिक ११ गते यो कार्यक्रमको उद्घाटन गरेर देशभर कार्यक्रम संचालन भइरहेको छ। यसअन्तर्गत ७ सय ५३ वटा स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ। समुदाय प्रहरी साझेदारी अवधारणाको कारण सामाजिक अपराधहरुका कमी तथा नियन्त्रयामा सहज भइरहेको छ। समुदाय प्रहरी साझेदारीका विभिन्न कार्यक्रमहरू मार्फत प्रहरीले ८१ लाख ३८ हजार ८५८ जना नागरिकहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गरेको छ।
यी प्रतिनिधि घटनाहरुमात्र हुन्। यसबाहेक पनि आइजीपी सर्वेन्द्र खनालको पालामा थुप्रै महत्वपूर्ण सफलता नेपाल प्रहरीले हासिल गरिसकेको छ। उनले नेपाल प्रहरीको सेवामा रहेदेखि देशका लागि आफूले सक्ने हरप्रयास गरिरहेका छन्।