एजेन्सी–बलिउड नायिका कंगना रनौत अभिनित चलचित्र ‘थलाइवी’ को पोष्टर र टिजर भर्खरै मात्र सार्वजनिक गरिएको छ। तामिलनाडुकी स्वर्गीय पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक कथामा यो चलचित्र निर्माण भएको छ।
चलचित्रको फस्टलुक हेर्दा कंगनालाई चिन्न सबैलाई एकदमै मुश्किल पर्छ। लामो समयदेखि यो चलचित्रको छायाङ्कन भैरहेको छ। चलचित्रलाई सन् २०२० को जुन २६ मा रिलिज गर्ने तयारी यसको निर्माण पक्षको छ।
यो चलचित्रलाई विजयले निर्देशन गरेका हुन्। चलचित्रलाई विष्णु इन्दुरी र शैलेस आर सिंहले निर्माण गरेका हुन्। तर, चलचित्रको यो पोष्टर सार्वजनिक भएसँगै यसलाई मिश्रित प्रतिक्रिया मिलिरहेको छ। धेरै दर्शकले कंगनाको रुपलाई खराब मेकअप भनेका छन्।