एजेन्सी– स्मार्टफोनको लत छुटाउन लाइट फोन टू निर्माण गरिएको छ। प्रयोगकर्ताहरुलाई स्मार्ट फोनको प्रयोग कम गराउने गरी ल्याइएको फिचर लाइट फोन टूबाट कल गर्न र टेक्स्ट पठाउन सकिन्छ।
यसलाई दोश्रो फोनको रुपमा प्रयोग गर्न सकिनेछ भने आफूले प्रयोग गरिरहेको फोनलाई पूर्ण रुपमा विस्थापित गर्न पनि सकिनेछ। ई–इन्क टच स्क्रिन भएको यो फोनमा फोरजी समेत चलाउन सकिन्छ। निर्माताहरुले यसमा राइड सेयरिङ र म्याप जस्ता ‘इन्ड टु इन्ड’ एपहरु र म्युजिक समेत थप गरेका छन्। क्यामेरा, इमेल, सामाजिक सञ्जाल लगायतका एपहरु भने यो फोनमा चलाउन सकिने छैन।
यसको मूल्य अमेरिकी बजारमा तीन सय ५० अमेरिकी डलर अर्थात करीब ४० हजार रुपैयाँ छ।