एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीसँग चेल्सी स्तब्ध भएको छ। शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई २–१ गोलले हराएको हो।
सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र रियाद महरेजले गोल गरेका थिए भने चैलस्को लागि एक गोल एनगोलो कान्टेले गरेका थिए। सिटीले घरेलु मैदानमा पछि परेको अवस्थालाई उल्टाउँदै जित निकालेको हो। पाहुना टोली चेल्सीले खेलको २१ औं मिनेटमा शुरुवाती अग्रता बनाएको थियो।
प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीको लागि खेलको पहिलो गोल एनगोलो कान्टेले गरेको थिए। एक गोलले पछि परेको सिटीलाई चेल्सीले केहि समय दबाबमा राख्न सफल भएको थियो। तर खेलका फर्कन लगातार प्रयास गरेको सिटीका लागि २९ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गरे।
त्यसको १० मिनेट नबित्दै सिटीका रयाद महरेजले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा पु¥याए। पहिलो हाफमा ३ गोल भएको खेलको दास्रो हाफमा थप गोल निस्कन सकेन र सिटीले खेल २–१ गोलले आफ्नो पक्षमा पा¥यो। जितसँगै सिटीले १३ खेलबाट २८ अंक जोडेको छ। सिटी लिगको तेस्रो स्थानमा छ। १३ खेलमा २६ अंक जोडेको चेल्सी चौंथो स्थानमा छ।