मकवानपुर– नेपालमा मंसिर १५ बाट हुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च हेटौंडा पुगेको छ। साग प्रचार प्रसारका लागि ओलम्पिक टर्च शुरु भएको थियो। ओलम्पिक टर्चले सात वटै प्रदेशमा पुगेर प्रतियोगिताको प्रचारप्रसार गर्नेछ।
प्रदेश १ को राजधानी बिराटनगरबाट सुरु भएका ¥याली प्रदेश २ को जनकपुर हुँदै हेटौंडा पुगेको हो।। ओलम्पिक टर्र्च यालीमा ओलम्पियन एथलेटिक्स खेलाडीहरु मुकुण्डहरि श्रेष्ठ (१९८० मस्को), जीतबहादुर केसी (१९७२ म्युबिख), राजकुमारी पाण्डे (१९८८ एटलान्टा), कान्छीमाया कोजु (२००४ एथेन्स), ज्ञानबहादुर बोहरा (२००० सिड्नी) र सुटिङका टिकाराम श्रेष्ठ(२००४ एथेन्स) छन्।
र्यालीमा सहभागीहरुलाई आइतबार बिहान खेलकुद विकास समितिले स्वागत गरेको छ। साथै हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिना लामा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले चितवनका लागि बिदाइ गरे। र्याली चितवन हुँदै प्रदेश ४ को बुटवल पुग्नेछ। यसैगरी कर्णाली प्रदेश र सुदुरश्चिम प्रदेश पुगेर मंसिर १५ गते दशरथ रंगशालामा उद्घाटन समारोहमा परिणत हुनेछ।