विराटनगर–सार्वजनिक बसमा मनोमानी ढङ्गले शुल्क उठाइएको कारण अपाङ्गता भएकाहरुका लागि ५० प्रतिशत छुट लागु गर्न स्टीकर टाँस्ने अभियान सुरु गरेको छ। अपाङ्गता सिटमा ५० प्रतिशत भाडा छुटका लागि सार्बजनिक यातायातमा स्टीकर टाँस्ने अभियान सुरु भएको हो।
विराटनगरबाट छुट्ने सार्बजनिक बसहरुमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले ५० प्रतिशत छुटको ब्यवस्था अपाङ्गतालाई दिने योजना बनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अगुवाईमा स्टीकर टाँस्न अभियान सुरु भएको हो। अभियान सुरु भएको महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिइन्।