एजेन्सी–माइक्रो ब्लगिङ्ग साइट ट्विटरले विश्वव्यापीरुपमा आफ्नो हाइड रिप्लाई फिचर शुरु गरेको छ। सो नयाँ हाइड रिप्लाई फिचरमार्फत यूजर्सले आफूलाई अनावश्यक लागेको रिप्लाईलाई हाइड गर्न सक्नेछन्। यो नयाँ फिचर कम्पनीले एन्ड्रोयड, आईओएस, ट्विटर लाइट र ट्विटर डटकम सबैमा शुरु गरेको छ।
हाइड रिप्लाईमा यूजर्सले आफूलाई मन नपरेको, विषयवस्तुभन्दा बाहिर रहेको वा छलफलभन्दा बाहिरको विषयहरुलाई सो प्लेटफर्ममा नदेखिने बनाउन सक्नेछन्। ट्विटरको हाइड रिप्लाईमा विभिन्न अप्सनहरु अफेन्सिभ, हेटफुल अथवा रेसिस्ट इन नेचर समावेश छन्।
ट्विटहरुमा देखिने ग्रे आइकनलाई ट्याप गरेर जो कोहिले पनि हाइड रिप्लाईज फिचर प्रयोग गर्न सकिन्छ। यो नयाँ फिचरले गर्दा यूजरले कुराकानी वा छलफलमा थप नियन्त्रण गर्न सक्दछ भने मानिसहरुले पुरै छलफल भने हेर्न सक्दछन्।
यो नयाँ अप्सनले मानिसहरु जसले ब्लक वा म्यूट गर्न चाहँदैनन उनीहरुको लागि नयाँ सुविधा हुनेछ। तर यदि तपाईँको फलोअर्सले हाइड रिप्लाईज हेर्न चाहेमा भने उनीहरुले सो आइकन दबाएर लुकाईएको जवाफहरु हेर्न सक्नेछन्।