एजेन्सी– पाकिस्तानविरुद्धको पहिलो टेष्ट क्रिकेटकमा अष्ट्रेलिया इनिङसहित ५ रनले विजयी भएको छ। दोस्रो इनिङमा पाकिस्तान ८४.२ ओभरमा ३ सय ३५ रनमा अल आउट भएसँगै अष्ट्रेलियाले फराकिलाे जित निकालेको हो।
अष्ट्रेलियाले पहिलो इनिङमा ५ सय ८० रन बनाएको थियो। उसका लागि मार्नस लाबुसेनले २ सय ७९ बलमा २० चौका सहितसर्वाधिक १ सय ८५ रनको योगदान दिए भने ओपनर डेविड वार्नरले १ सय ५४ रनको योगदान दिए। जो बर्नसले ९७, मेथ्यू वेड ६०, ट्रविस हेड २४ रनको योगदान दिए। पाकिस्तानका स्पिनर यासिर शाहले ४, शाहिन अफ्रिदी र हरिस सोहेलले समान २ विकेट लिए।
त्यसअघि पहिलो इनिङमा पाकिस्तान ८६.२ ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो। पाकिस्तानका असाद शफीकले सर्वाधिक ७६ रनको योगदान दिए। ओपनर शन मसुद २७, कप्तान अजहर अली ३९, मोहमम्मद रिजवान ३७, यासिर शाह २६ रन बनाए। तीब्र गतिका मिचेल स्टार्कले ४ र प्याट कमिन्सले ३ विकेट लिए।
पाकिस्तानको पहिलो इनिङ सकिँदा पनि ३ सय ४० रनले अगाडि रहेको अष्ट्रेलियाले पुनः पाकिस्तानलाई नै ब्याटिङको निम्तो दिएको थियो। त्यसपछि दोस्रो इनिङ ब्याटिङ गरेको पाकिस्तानले ८४.२ ओभरमा ३ सय ३५ रनमा अल आउट भयो। उसका लागि युवा खेलाडी बाबर आजमले १ सय ४ रनको शतकीय इनिङ खेले।
त्यस्तै विकेटकीपर मोहम्मद रिजवान १ सय ४५ बलमा १० चौका सहित ९५ रन बनाए। ओपनर शन मसुद र यासिर शाहले समान ४२ रनको योगदान दिए। अष्ट्रेलियाका तीब्र गतिका बलर जोश हेजलवुडले ४, मिचेल स्टार्कले ३, प्याट कमिन्सले २ विकेट लिए।