एजेन्सी– अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन (आईटियू) ले फाइभ जी मोबाइल नेटवर्कका लागि नयाँ ब्याण्ड पहिचान गरेको छ। हालै आयोजना भएको वल्र्ड रेडियोकम्यूनिकेसन कन्फ्रेन्स २०१९ मा विभिन्न देशका विज्ञहरुले नयाँ अतिरिक्त रेडियो फ्रिक्वेन्सी ब्याण्ड इन्टरनेशनल मोबाइल टेलिकम्यूनिकेसन्स (आईएमटी) को लागि पहिचान गरेका हुन्।
नयाँ पहिचान गरेका फ्रिक्वेन्सी ब्याण्डहरुमा २४.२५ देखि २७.५गीगाहर्ज, ३७देखि ४३.५ गीगाहर्ज, ४५.५ देखि ४७ गीगाहर्ज, ४७.२ देखि ४८.२ गीगाहर्ज र ६६ देखि ७१ गीगाहर्जसम्म ५जी नेटवर्क जडानका लागि रहेको छ। यसैगरि डब्लूआरसी १९ ले अर्थ एक्सप्लोरेशन स्याटेलाइट सर्भिसेसको उपयुक्त संरक्षणको लागि पनि मापदण्ड कायम गरेको छ, जसमा मेटेरोलोजिकल र अन्य प्यासिभ सर्भिसहरु सो समाबेश ब्याण्डमा छन्।
समग्रमा १७.२५ गीगाहर्ज स्पेक्ट्रम आईएमटीको पहिचान गरिएको छ यसअघि केबल १.९ गीगाहर्ज ब्याण्डविथ मात्र उपलब्ध रहेको थियो। यो नम्बर बाहेक स्पेक्ट्रमको १४.७५ गीगाहर्ज विश्वभर हार्मोनाइज भएको छ जुन विश्वभरको हार्मोनाइजेसनको ८५ प्रतिशत हो।
फाइभ जीले मानिसहरु, डाटा, एप्लिकेसनहरु, यातायात प्रणाली र स्मार्ट सिटी, संचार वातावरण नेटवर्कलाई एक आपसमा द्रूतरुपमा जोड्नेछ। यसले निकै ठूलो संख्यामा डाटाहरु अझ तिब्र, भरपर्दोरुपमा आदान प्रदान गर्दछ भने एकैपटक ठूलो संख्यामा डिभाइसहरुलाई कनेक्ट गर्न सकिन्छ।
फाइभ जीको स्ट्याण्डर्डको लागि आईटियूमा आईएमटी २०२० नाम प्रयोग गरिएको छ र ५जी परिक्षणहरुसँगै सन् २०२० मा पनि निरन्तर विकास गरिरहने बताईएको छ। पहिलो पूर्ण स्तरको फाइभ जीको व्यवसायीक जडान आईएमटी–२०२० स्पेशिफिकेसनहरु लागू भएपछि कुनैबेला हुने अपेक्षा गरिएको छ।