एजेन्सी–सुन्दै अच्चम लाग्न सक्छ, श्रीमतीले लड्डु मात्र खान दिएको भनेर श्रीमानले सम्बन्ध विच्छेदको निवेदन दिएको खबर सार्वजनिक भएको छ।
भारतको उत्तर प्रदेश राज्यको मेरठ जिल्लाको फेमिलि कोर्टमा श्रीमतीले बिहान बेलुका केवल ४ वटा लड्डु मात्र खान दिएकोमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्। लड्डुका अलावा अन्य केही खानेकुरा नदिएको आरोप लगाउँदै श्रीमानले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको बताएका छन्। पतिका अनुसार अंधविश्वास तथा तांत्रिकले भनेका कारण पत्नीले केवल बिहान ४ वटा लड्डु तथा बेलुका ४ वटा लड्डु मात्र खान दिने गरेको र लड्डुका अलावा केही पनि खान नदिएको बताएका छन्।
पति केही समय पहिले बिमारी भएका कारण पत्नीले तांत्रिकलाई देखाउँदा यदि सबै कुरा मनाउनु छ भने नियमित लड्डु ख्वाउन सल्लाह दिएदेखि यो सिलसिला जारी रहेको पतिले थपे। मेरठ फैमिली कोर्टका काउंसलरका अनुसार, यो मामिला सुनेर आफूहरू पनि हैरान रहेको र आफूहरूले यी दुईलाई सुझावका लागि बोलाए पनि यिनीहरूको अन्धविश्वासको उपचार गर्न नसक्ने बताएका छन्।
दुवैको विवाह भएको १० वर्ष भइसकेको थियो। उनीहरूको तीनजना बच्चा पनि रहेका छन्।