काठमाडौं– होन्डा कम्पनीकाे इन्ट्री लेवल डर्ट बाइकको रुपमा एक्सआर १२५ एल स्याकार कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ।
इन्ट्रिलेवल डर्ट बाइकमा १२४.७ सीसी क्षमताको ओभर हेड क्याम, एयर कुल्ड इन्जिन रहेको छ। उक्त इन्जिनले ८२५० आरपीएममा १०.७ बीएच पावर प्रदान गर्छ भने ६५०० आरपीएममा १०.४ एनएम टर्क जेनेरेट गर्छ। उक्त इन्जिनमा ५ स्पीड गियर बक्स राखिएको छ।
१२ लिटरको इन्धन ट्याङ्क रहेको मोटरसाइकलले प्रतिलिटर ३० किलोमिटर माइलेज प्रदान गर्छ। २१०० एमएम लामो, ११२६ एमएम अग्लो र ८२० एमएम फराकिलो बाइकमा १३६१ एमएम लामो ह्वील वेस दिइएको छ । यसमा ग्राउन्ड क्लियरेन्स २४३ एमएम रहेको छ।
यसमा कम्पनीले हाइड्रोलिक भ्यान्टिलेटेड डिस्क ब्रेक दिएको छ। आरामदायी यात्राको लागि अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्विङआर्म मोनोसक दिइएको छ। नेपाली बजारमा कम्पनीले यसको मूल्य ३ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ।