पोखरा–‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ को चुनाव आज सकिएको छ। नयाँ नेतृत्वको लागि आइतबार बिहान ८ बजेबाट सुरु भएको चुनाव २ बजे सकिएको हो। जसमा ११ सय ३५ जनाले मतदान गरेका छन्। लोक तथा दोहोरी गायक बद्री पंगेनीको अध्यक्षतामा रहेको नेतृत्वको तीन वर्ष पूरा भएपछि नयाँ नेतृत्वको लागि चुनाव भएको थियो। ४ बजेबाट मदगणना सुरु हुने यस चुनावको नतिजा आज नै सार्वजनिक हुनेछ।
प्रतिष्ठानको नयाँ अध्यक्ष बन्नको लागि लोकप्रिय गायक तथा सर्जक विष्णु खत्री र गीतकार रमेश विजी भिडिरहेका छन्। हाल वरिष्ठ उपाध्यक्षका रुपमा काम गरिरहेका रमेश र गत महाधिवेशनमा बद्री पंगेनीसँग हार ब्यहोरेका विष्णु खत्री बीचको यो चुनावी भिडन्त साच्चिकै रोचक छ। ५७ जनाको कार्यसमिति रहने प्रतिष्ठानको पाँच पदको लागि मात्र निर्वाचन भएको छ।
जसमा अध्यक्ष, तृतिय उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्य पद रहेका छन्। बाकीँ वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, उपमहासचिव, सांगठनिक सचिव, महिला सचिव र सह–कोषाध्यक्ष पद निर्विरोध भएर सकिएको छ।