एजेन्सी–चर्चित बलिउड अभिनेत्री कंगना रनौट हाल तमिलनाडु राज्यको राजनीतिकी केन्द्रबिन्दु रहेकी दिवगत मुख्यमन्त्री जयललिथाको जीवनीमा आधारित वायोपिक सिनेमा ‘थलाइवी’ को सुटिङमा व्यस्त रहेकी छिन्। जारी सुटिङकाबिच सिनेमाको टिजरसमेत सार्वजनिक भइसकेको छ। सिनेमालाई लिएर कंगना एकदमै उत्साहित छिन्।
यसैबिच यस सिनेमामा उनीसँग दक्षिण भारतीय स्टार एनटिआर जुनियरले काम गर्न अस्वीकार गरेको खबर सार्वजनिक भएको छ। जुन कुराले उनको करिअरमा कत्तिको धक्का दिने भन्ने कुरा महत्वपूर्ण छ। सिनेमामा उनलाई एनटिआरका हजुरबुबा एनटी रामा रावको भूमिकाका लागि प्रस्ताव गरिएको थियो। तर उनले सो भूमिका गर्न स्पष्टरूपमा अस्वीकार गरेको भारतीय संचारमाध्यमले आफ्नो समाचारमा उल्लेख गरेका छन्।
‘हुन त म एक अभिनेता हुँ तर म आफ्ना हजुरबुबाको भूमिका कहिल्यै गर्न सक्दिन’, अस्वीकार गर्नु कारण खुलाउँदै एनटिआर जुनियरले भने,हजुरबुबाको भूमिका गर्नु मेरा लागि असम्भव छ किनकी अनुभवी कलाकारको भूमिका निभाउनु एकदमै कठिन हुन्छ।’
जयललिथा राजनितिमा आउनुअघि एकदमै चर्चित अभिनेत्री थिइन्। उनले एनटी रामा रावसँग कयौं सिनेमामा एकसाथ काम गरेकी थिइन। त्यसैले यस बायोपिक सिनेमामा उनको महत्वपूर्ण भूमिका हुने अपेक्षा गरिदैं आइएको थियो। जयललिथाको यो बायोपिक हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज गरिनेछ।