एजेन्सी–अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित एक सर्लेस प्राथमिक विद्यालयको पार्किङ लटमा दुई बालकको गोली हानी हत्या गरिएको छ।
गोली लागि उक्त घटनामा १४ वर्षीय बालकको घटनास्थल मै मृत्यु भएको थियो भने अर्का बालकलाई ट्रमा सेन्टर लैजाने क्रममा बाटैमा मृत्यु भएको छ। मृतकमध्ये एक त्यहीँको विद्यार्थी रहेको र अर्का एक जना पुर्व विद्यार्थी रहेको पनि बताइएको छ।
सर्लेस प्राथमिक विद्यालयको पार्किङ लटमा मारिने बालकहरुको उमेर ११ र १४ वर्ष रहेको त्यहाँको युनियन सिटी प्रहरी विभागले जनाएको छ।
घटनामा प्रहरीले कसैलाई पक्राउ भने गरिसकेको छैन। ४ दिन अघि क्यालिफोर्निया मै २ जना माथि भएको गोली प्रहार र यो घटना सम्बन्धित भएको हुन सक्ने प्रहरीले बताएको छ।