काठमाडाैं- रियलमी नेपालले आफ्नो नयाँ उत्पादन रियलमी ५ नेपाली बजारमा ल्याएको छ। कम्पनीका अनुसार रियलमी ५ दुई भेरियन्टका साथ बजारमा आएका छन्।
दूवै भेरियन्टको स्मार्टफोन ग्राहकले क्रिष्टल निलो र बैजनी रङमा किन्न पाउँने कम्पनी जानकारी दिएको छ। दुबैमा ३ जिबी र्याम र ६४ जिबी रोम भएको स्मार्टफोनको मूल्य २० हजार ९ सय ९० रहेको छ। त्यसैगरी, ४जिबि र्याम र १२८ जिबी रोम भएको स्मार्टफोनको मूल्य २३ हजार ९ सय ९० रहेको छ।
मिड रेञ्ज अन्तर्गतको यस स्मार्टफोनमा ६.५ इन्चको डिस्प्ले जडान गरिएको छ। स्न्यापड्रागन ६६५ प्रोसेसर रहेको छ, जसले फोन ह्याङ हुनबाट बचाउँछ र प्रयोगकर्तालाई सहज अनुभव दिन्छ। फोनमा ४ क्यामेराहरु राखिएको छ र प्रयोगकर्ताहरुले ४ भिन्न प्रकारको फोटो खिच्न सक्नेछन्।
पहिलो २ एमपी गहिराइ सेन्सर हो। जुन मुख्य क्यामेरालाई पोर्ट्रेटशटहरू क्याप्चर गर्न मद्दत गर्दछ। दोस्रो सेन्सर चाहिँ ८ एमपीको वाईडएन्गल सेन्सर हो, जसले प्रयोगकर्ताहरूलाई फराकिलो कोणका फोटोहरू क्याप्चर गर्न मद्दत गर्दछ। फोनमा जडान गरिएको २ एमपी म्याक्रो लेन्सले प्रयोगकर्तालाई म्याक्रोशटहरू क्याप्चर गर्न मद्दत गदर्छ।