रुपन्देही– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारीलाई पक्राउ गरेको छ। उनलाई २५ हजार घुससहित पक्राउ गरिएको हो।
विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने क्रममा घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तिवारीलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो।
अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालका अनुसार विश्वविद्यालयका उपकुलपति, रजिष्टारसहितका पदाधिकारी कार्यालय नभएको मौकामा उनले कार्यकक्षमै घुस लिएका हुन्।