काठमाडौं–गायक सुमन केसी र गायिका विद्या तिवारीको आवाजमा समावेश ‘भीडमा पनि’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा पुरुषोत्तम सुवेदीको संगीत रहेको छ।
म्यूजिक भिडियोमा नायक पल शाह र मोडल स्मृती श्रेष्ठलाई फिचरिङ गरिएको छ।उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ। भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन्।
नायक पल शाह चलचित्रमा व्यस्त हुँदा म्यूजिक भिडियोमा भने कम देखिएका छन्। उनै, पलको यो भिडियोलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ।
https://www.youtube.com/watch?v=PH76fYdpejM