काठमाडौं–पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीतले सबै प्रकारको गीत संगीत प्रेमीको ध्यान खिच्न सफल भएको छ। ताकि नेपाली फिल्मका ब्यस्त र चर्चित कलाकारहरु पनि लोक तथा दोहोरी गीतको भिडियोमा देखिन थालेका छन्।
नायिका बर्षा राउत प्रकाश सपूतसँग ‘भिंडमा पनि’ बोलको लोक पप गीतमा देखिएकी छिन्। दिपक शर्माको शब्द तथा संगीतमा रहेको गीतमा पूजा सुनुवार र डेभिड शंकरको आवाज रहेको छ, भने गीतको भिडियो निर्देशन अनुप चापागाँईले गरेका छन्। संगीत संयोजन उदयराज पौडेलको रहेको छ।
गीतमा विदेश किन जानु, ताकि मन लाएको बेला भेट्न पाईदैन भन्ने भाव रहेको छ। डश म्यूजिक नेपाल यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=FTW0GpAubvk