पोखरा– सोमबार बिहान पौने ३ बजे पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट भएको छ। विस्फोटबाट घरमा पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको छ। यो वडा पनि निर्वाचन क्षेत्र कास्की २ भित्र पर्दछ। कास्की २ मा १४ मंसिरमा उपचुनाव हुँदैछ । २स्४५ बजे भएको विस्फोटको प्रहरी र परिवार दुवैले पुष्टि गरेका छन्। विस्फोट कसले गरायो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।
कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले शंकास्पद व्यक्तिहरुमाथि निगरानी गरिरहेको बताए। वडाध्यक्ष शिव आचार्यको घर भने वडा नं १७ विरौटामा छ। घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा विस्फोट भएको थियो। वडाध्यक्ष शिव आचार्यले सुतिरहेको अवस्थामा ठूलो आवाज आएपछि मात्र थाहा पाएको बताए।