एजेन्सी– यसपटकको फुटबलको सर्वोत्कृष्ट अवार्ड बालोन डी‘ओरको प्रमुस दाबेबारमा लिभरपुलका भर्जिल भान डाइक, बार्सिलोनका लियोनल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डो रहेका छन्। डिसेम्बर २ तारिखमा घोषणा हुने उक्त अवार्डबारे विभिन्न सर्वेक्षणहरु भइरहेका छन्।
सर्वेक्षणअनुसार डच डिफेन्डर भान डाइकलाई मुख्य दाबेदार मानिएको छ। तर पछिल्ला सर्वेक्षणहरुले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले भान डाइकमाथि दबाब बढाएको देखाएका छन्।
मेस्सी अहिले भान डाइकलाई उपाधिका लागि पछ्याइरहेका छन्। पछिल्ला सर्वेक्षणअनुसार मेस्सीले अवार्ड यात्रामा भान डाइकसँग दुरी कम गरिरहेका छन्।