विराटनगर– मोरङमा व्यक्तिगत प्यान नम्बर लिनेहरुको संख्या ८३ हजार पुगेको छ। सरकारले प्यान नम्बर अनिर्वाय गरेपछि प्यान नम्बर लिनेको संख्या बढेर ८३ हजार पुगेको हाे।
कार्यालयका अनुसार मोरङमा जम्मा करदाताको संख्या १ लाख ४४ हजार छ। विभिन्न संघ संस्था, उद्योग, निजी कम्पनी र व्यक्तिगत गरी करदाताको संख्या १ लाख ४४ हजार ९ सय २४ पुगेको हो।आन्तरिक राजस्व कार्यालय विराटनगरका अनुसार प्यान नम्बर लिनेको संख्या बढ्दो अवस्था रहेको छ।
मोरङ कार्यालयले चालु आर्थिक वर्षमा १० अर्ब १२ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।