काठमाडौं– मंसिर १५ गतेबाट नेपालमा सञ्चालन हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गतको पुरुष फुटबलमा भारतले सहभागि नहुने जनाएको छ। भारतले अन्तिम समयमा उक्त विधामा प्रतिस्पर्धा नगर्ने बताएको हो।
सागअन्तर्गतको पुरुष फुटबलको खेल तालिका र टाइसिट यसअघि नै निकालिएको छ। गत शुक्रबार नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत शुक्रबार ६ टोलीलाई समावेश गर्दै खेल तालिका र टाइसिट निकालेको थियो। भारतले सहभागिता नजाउने भएसँगै अब पुरुष फुटबलमा ५ राष्ट्रको मात्रै सहभागिता रहने भएको छ।
५ राष्ट्रको मात्रै सहभागिता रहने भएपछि खेलहरु राउन्ड रोविन लिगका आधारमा खेलाइने बताइएको छ। नेपाल ओलम्पिक कमिटीलाई भारतले औपचारिक रुपमा पत्र लेख्दै सहभागि नहुने बताएको हो।